भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी « Khabarhub

भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबारनै सार्वजनिक गरिने बताइएको छ ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ । 

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ०१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने