‘जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं’ « Khabarhub

‘जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) मै रहेर त्यसलाई रूपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पार्टी गन गरेको बताएका छन् ।

जसपालाई रूपान्तरण सुधारका लागि अनेक प्रयत्न, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रूपान्तरित हुन नसकेको उनको आरोप छ । ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उद्देश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्ट्याए

यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : १६ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने