मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव | Khabarhub Khabarhub

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको  हेटौडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभावमा रित्तै फर्किने गरेका छन् ।

विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्। विशेषगरी बाथ, पित्त, कफ, ग्यास्टिक, बबासिर, अल्सर, ज्वरो, कमलपित्त, कमजोरी, भोक नलाग्ने, हात र खुटा सुन्निने झमझमाउने र पोल्ने तथा पारालाइसिसलगायत विभिन्न रोगका बिरामीलाई दिइने औषधि सकिँदा पनि प्रदेश सरकारले उपलब्ध नगराएकाले  सेवा लिनेहरू मारमा परेको बताइएको छ ।

दैनिक ८५ बिरामी उपचारका लागि आउने गरेकामा औषधि अभावका कारण हाल दैनिक ३० देखि ३५ बिरामी आउने गरेको केन्द्रका सूचना अधिकारी अशोक झाले बताए । बिरामीलाई विभिन्न औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप र  रोग नुसारको उपचार पद्धति प्रयोग हुँदै आएको उनले जानकारी दिए । विगत दुई वर्षदेखि विश्वमहामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सो स्वास्थ्य केन्द्रमा उपचार गराउन र परामर्श लिनेको सङ्ख्या बढ्दै गएको थियो ।

प्रदेश सरकारसँग औषधि खरिदका लागि रकम माग गरिएकामा अहिलेसम्म प्राप्त हुन नसकेको सूचना अधिकारी झाले जानकारी दिए । त्यस्तै  स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारणले कार्य सम्पादनमा समेत समस्या भएको उनको भनाइ थियो ।

उक्त केन्द्रबाट आर्थिक वर्ष २०७८/७९ मा नौ हजार एक सय ११ बिरामीले  उपचार सेवा लिएकामा चार हजार पाँच सय १५ महिला र चार हजार चार सय ९५ पुरुष थिए ।उक्त केन्द्रमा प्रयोगशाला, फिजियोथेरापी, क्षारसूत्र, पञ्चकर्म, योग सेवाका साथै ज्येष्ठ नागरिकहरूलाई रसायन औषधि वितरण  तथा  स्तनपायी आमाहरूका लागि दुग्धबर्धक औषधि वितरणसमेत हुँदै आएको थियो ।                                 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ४ : ४९ बजे

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा- झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं– मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा

त्रिभुवन विश्वविद्यालयको भाँडभैलोले उठाएको प्रश्न- कक्षाकोठामा को जाने ?

कुलपति विरुद्ध नाराबाजी लागेको भन्ने कुरा त मैले मान्दिन किनभने

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन