‘हरियो वन नेपालको धन हो, सरकारी जमिन हडप्न दिने छैन’ « Khabarhub

‘हरियो वन नेपालको धन हो, सरकारी जमिन हडप्न दिने छैन’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वनरक्षक ब्यारेक भवनको आज उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताए ।

उनले भने, ‘हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन, वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।’ यसैगरी मन्त्री यादवले सुकुम्बासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले मन्त्रालयको निर्देशनबमोजिम वन–जङ्गलको संरक्षणका लागि काम गर्न वन रक्षकलगायत सबै कर्मचारीलाई निर्देशनसमेत दिए ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहनासमेत गरे । त्यसैगरी सर्लाही क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह, तप्का तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले  विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : ५८ बजे

नेपाल संवत् मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सम्वत नेपाली सभ्यताको मौलिकता,

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, भोटेकोशी विपदबारे विश्वको ध्यानाकर्षण

अन्ताल्या– टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौँ– नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी