धादिङमा हेमो डायलायसिस सेवा सुरु « Khabarhub

धादिङमा हेमो डायलायसिस सेवा सुरु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङ अस्पतालले आजदेखि होम डायलायसिस सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा हेमो डायलायसिसकक्ष र सघन उपचारकक्षको निर्माण सम्पन्न गरेपछि सेवा सञ्चालनमा ल्याएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले बताए ।

एकै पटकमा चार जनाको डायलायसिस गर्न सकिने भौतिक संरचना बनाएको छ । सघन उपचारकक्ष पनि साथमै तयार गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ ।

जिल्लामै डायलायसिस सेवा सञ्चालन भएपछि नियमित डायलायसिस गराइरहेका दुई सय जनाले जिल्लामै सेवा पाउने भएका छन् । धादिङमा सञ्चालनमा आएको डायलायसिस सेवा नियमित सञ्चालन गर्न कर्मचारी अभाव भए पनि हप्तामा एक दिन सञ्चालन गरिने मेडिकल सुपरिटेण्डेन्ट डा दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य डा रामकुमार अधिकारीलगायतले सम्बोधन गर्दै धादिङ अस्पतालको गुणस्तर बढ्दै गएकामा प्रशंसा गरे । पच्चीस शय्याको उक्त अस्पताल हालै ७५ शय्यामा स्तरोन्नति भई सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ४१ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण