नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग | Khabarhub Khabarhub

नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा बीआरआई परियोजना खारेज हुनुपर्ने आवाज उठेको हो ।

उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्ने माग गरिन् । चिनियाँ ऋणका कारण अरु देशले पाइरहेको दुःखबाट नेपालले पाठ सिक्नु पर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘नेपालमा चिनियाँ विस्तारवाद रोक्नको लागि बीआरआई परियोजना खारेज गर्नुपर्छ ।, चिनियाँ ऋणका कारण अरु देशले पाइरहेको दुःखबाट हामीले पाठ सिक्नुपर्छ ।, त्यसैले बीआरआई परियोजना खारेज गर्नुपर्छ।’

त्यस्तै कार्यक्रमका अभियानका अध्यक्ष विनय यादवले बीआरआई परियोजना खारेज नभए नेपालमा चिनियाँ विस्तारवाद बढ्ने सम्भावना उच्च रहेको बताए । उनले भने, ‘चीनले बीआरआई परियोजनाको नाममा नेपाललाई ऋणमा डुबाउने योजना बनाइरहेको छ।’

उनले यसका कतिपय बुँदाहरु निकै शंकास्पद, अस्पष्ट र जानाजान वा अन्जानमा धेरै अर्थ लाग्ने किसिमको बनाइएको बताए । उनले कतिपय बुँदाहरु अस्पष्ट र केही बुँदा राष्ट्रघाती किसिमका पनि रहेको विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित भएको बताए ।

कार्यक्रममा सहभागी अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साह, केन्द्रीय सदस्य चन्द्र यादव, राजेश यादव हिन्दू सम्राट, अधिवक्ता किरण पौड़ेल, जसपाका मधेश प्रदेश इञ्चार्ज कमल यादव, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य बिनोद गुरुंग लागयतले राष्ट्रघाती बीआरआई समझौता खारेजी हुनु पर्नेमा जोड़ दिए।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०२ बजे

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।