रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए « Khabarhub

रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्वतन्त्रको नाममा राजनीति गर्नेहरू देश बिगार्ने भँडुवा भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले रवि लामिछाने प्रति लक्षित गर्दै त्यस्तो बताएका हुन ।

उनले त्यस्ता पार्टीहरुमा नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले देश चलाउन नसक्ने दाबी समेत गरे ।

उनले भने, ‘बेलायत, फ्रान्स, चीन, जापानमा पार्टी चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरूलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरूको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।’

उनले अधिनायकवादमा मात्र उडन्ते ढंगले अनेक विषय आउने दाबी गरे। तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : १७ बजे

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कानुन व्यवसायीसँग परामर्श गर्दै कांग्रेस नेताहरू

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा