रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए « Khabarhub

रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्वतन्त्रको नाममा राजनीति गर्नेहरू देश बिगार्ने भँडुवा भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले रवि लामिछाने प्रति लक्षित गर्दै त्यस्तो बताएका हुन ।

उनले त्यस्ता पार्टीहरुमा नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले देश चलाउन नसक्ने दाबी समेत गरे ।

उनले भने, ‘बेलायत, फ्रान्स, चीन, जापानमा पार्टी चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरूलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरूको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।’

उनले अधिनायकवादमा मात्र उडन्ते ढंगले अनेक विषय आउने दाबी गरे। तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : १७ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले भने- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता