सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले | Khabarhub Khabarhub

सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् ।

नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गर्ने जोखिम रहेको बेलका नगरपालिका–३ का वडा सदस्य फागुन कार्कीले बताए ।

सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गरी बाढी गाउँ पस्दा बेलका नगरपालिका–२, ३, ८ र ९ बराह क्षेत्र नगरपालिका–६ र ९ दुई हजार ५ सय घर परिवार विस्थापित भएका थिए ।

सप्तकोसीले धार परिवर्तन गरी बेलका नगरपालिका–८ लाहुरेको खोच डुम्रीबोटबाट पस्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, नारायण नगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष २५ सय घर परिवार उच्च जोखिममा परेका हुन् । बाढीबाट विस्तापित भएकाहरू पुनः घर फर्कन थालेका हुन् ।

सप्तकोसी नदीको भँगालो वस्तितर्फ पसेपछि सर्वसाधारण थातथलो छाडेर सुरक्षित स्थानमा सरेका थिए । दुई हजार ५ सय परिवारले बस्ती छाडे पनि ५ सय परिवार जोखिम मोलेरै घरमै बसेका थिए । वराहक्षेत्र नगरपालिका–६ र ९ बेलका नगरपालिका–३ का सर्वसाधारणलाई बुधबार सुरक्षा निकायले बाढी पसेसँगै उद्धार गरेर सुरक्षित स्थानमा ल्याएका थिए । तर उनीहरू बुधवार, बिहीबार, शुक्रबार जसोतसो रात बिताए पनि पुनः बाढीको बहाव घटेसँगै जोखिम मोलेरै बाढीमा हेलिएर उनीहरू घर फर्कन थालेका हुन् । घर डुबानमा नपरेका ठाउँका स्थानीयबासिन्दा घर फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताए ।

हाम्रो घरसम्म पानी आएन, सुनसरीको बराह क्षेत्र नगरपालिका ९ श्रीलंका टापुका अर्जुन चन्द्रवंशीले भने, पानीको बहाव अलिक घटेको छ । हिजो डर थियो, आज अवस्था ठिकै छ । उनी ढुक्क भए पनि टापुको गहिरो भाग र खोला किनारमा रहेका घरहरू अहिले पनि डुबानमा छन् । उच्च स्थानमा रहेको घरहरूमा बाढी नपुगेको चन्द्रवंशीको भनाई रहेको छ ।

सप्तकोसीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुमा २ हजार ५ सय बढी परिवारको बसोबास छ । टापुलाई उदयपुरको बेलकाको ४ वटा र सुनसरीको बराह नगरपालिकाको २ वटा वडा पर्छन् । बाढीले बेलका नगरपालिकाका २, ३, ८ र ९ मा बढी प्रभावित भएको छ । बढीबाट विस्थापित भएका अधिकांश आफन्तको घरमा बसेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

उनले बाढी अहिले घटे पनि जोखिम कायमै रहेकाले सतर्कता रहन आग्रह गरे । बाढी प्रभावितका लागि स्थानीय सरकार मार्फत राहत वितरण गरिएको छ । बाढी प्रभावित दुई हजार पाँच सय परिवारका लागि प्रदेश सरकारले तत्कालका लागि चाहिने राहत सामग्री पठाएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । उनले सतर्कता अपनाएका कारण बाढीका कारण मानवीय क्षति नभएको बताए ।

धार परिवर्तन गर्दै आएको सप्तकोसी पसेर जलमग्न भएको बेलका नगरपालिका क्षेत्रका विस्थापित सर्वसाधारणहरू सुरक्षा निकायले रोक्दा रोक्दै पनि घरमा गाईबस्तु हेरेर आउने बहानामा प्रभावित क्षेत्रमा फर्किन थालेका छन् । उद्धार गरिएको सर्वसाधरण जोखिमको बिच घर फर्किन थालेको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए ।

जोखिम हुँदा हुँदै प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली र पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित सर्वसाधारणहरू जबरजस्ती फर्किएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीको भनाई रहेको छ । उनका अनुसार प्रभावित क्षेत्र प्रवेशमा रोक लगाउन प्रहरी परिचालन गर्नु परेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले कोसी गाउँ पसेर २ हजार ५ सय परिवारका २० हजार सर्वसाधारण विस्थापित भएको बताए । नदी नियन्त्रणका लागि दुई महिना यता गरिएको प्रयास विफल भएपछि बेलका नगरपालिका–८ लोहुरेको खोँच डुम्रिबोटेबाट कोसी बुधवार बिहान ४ बजे बेलका नगरपालिका क्षेत्रमा पसेको हो ।

कोसीको मूल बहाव पनि पश्चिमतर्फ मोडिएको र यसले धेरै ठूलो जोखिम निम्त्याउन सक्ने बेलका नगर प्रमुख कार्कीले बताए । डुम्रिबोटेमा कटान गरेर कोसी पुरानै धार हुँदै बगेको हो । २०४५ साल अघि कोसी ७ नम्बर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधरण बताउँछन् । अहिले प्रभावित क्षेत्र कोसी टप्पु आरक्षण क्षेत्रको भएकाले केही वर्ष यता उसले बस्ती खाली गर्न भनेको थियो । कोसी पसेको बहनामा बस्ती खाली गराउन खोजिएको भन्दै सर्वसाधारणहरू पुनः घर फर्किएको बेलका नगरपालिका–३ का सदस्य फागुन कार्कीको भनाई रहेको छ ।

सुरक्षा निकायले विस्थापितलाई सुरक्षाका कारण तत्काल घर नफर्कन अनुरोध गरी रहेका छन् । तर पीडितहरू आफ्नो सम्पत्ति जोगाउन गाईबस्तु जोगाउन भन्दै घर फर्की रहनु भएको छ,’ उनले भने । बाढी कम भएपछि सबै विस्थापितलाई उचित व्यवस्थापनका साथ घर फर्काउने पहल भइरहेको जानकारी दिएका छन् । उद्धार राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । पीडितहरूले घर फर्कने वातावरण मिलाइ दिन र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

प्रभावित क्षेत्रमा अन्नबाली, पशुचौपाया र घर रेखदेख भन्दै सर्वसाधरणले नछोड्दा उद्धार र राहत समेत प्रभावित भएको अधिकारीहरूले बताएका छन् । कोसीको बाढी पस्ने क्रम जारी रहेको र कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाले चौथो दिन शनिवार पनि सर्वसाधणलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

प्रभावित क्षेत्रका पीडितको पहिचान गरी बेलुका सम्म उद्धार गरिने नगर प्रमुख अशोक कार्कीले बताए । नगरले पीडितका लागि व्यवस्था गरेको सुरक्षित वासस्थानमा उनीहरू बस्न मान्दैनन् । प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली, पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित जबरजस्ती फर्किएका थिए । उनीहरूलाई पनि बाहिर ल्याउने तयारी भइरहेको बताइएको छ । बराह क्षेत्र नगरपालिकाका ४ र बेलका नगरपालिकाका ४ वडा गरी ६ वडाका विस्थापितहरू आफै नदीमा बाँध निर्माणका रकम संकलनमा जुटेको बेलका नगरपालिका–३ का सदस्य फागुन कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ३२ बजे

महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली

 अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने

 काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आजदेखि वर्षाको मात्रामा कमी आउने, सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपाल