‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’ | Khabarhub Khabarhub

‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

‘श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी काम गर्नेछु’, उनले भने।

उनले मन्त्री पद अस्थायी पद भएकाले आफू मन्त्री हुँदा उत्साहपूर्वक ढङ्गले काम गर्ने उल्लेख गरे । मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन जरुरी रहेको बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : १४ बजे

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउनू

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा