इजरायलद्वारा गाजामा हवाई आक्रमण, १५ जनाको मृत्यु « Khabarhub

इजरायलद्वारा गाजामा हवाई आक्रमण, १५ जनाको मृत्यु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन् ।

उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभावमा ७२ घण्टाभित्र आफ्नो चिकित्सा सेवा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ ।

मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले प्रेस सम्मेलन गर्दै भने, ‘घाइतेहरूका लागि आकस्मिक सेवासुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रियासमेतलाई रोकिएको छ ।’ गाजामा औषधीको अवस्था वर्षौंपछि ‘सबै भन्दा खराब’ अभावबाट गुज्रिरहेको अल–किद्राले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : १० बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण