विकराल बन्दै मानसिक स्वास्थ्य समस्या | Khabarhub Khabarhub

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

आपसी समझ्दारी र कमजोर बुझाईले आत्महत्याका घटना बढ्दो



काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको देखिन्छ ।

नेपालमा मानसिक समस्या भन्नासाथ पागलपन मात्रै बुझ्ने गरिन्छ । जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठ्न सक्दैन । तबसम्म देश र नागरिक समाज अघि बढ्न सक्दैन ।

अहिले पनि मानसिक स्वास्थ्यलाई समस्याको रूपमा हेरिएको अवस्था छैन । मानसिक समस्यालाई लाज र घृणाको संज्ञा दिइरहेको छ । यसले समस्यामा परेको व्यक्ति झन् समस्या भोग्नुपरेको छ भने समाजले पनि कतै न कतै पीडाबोध गरेको हुन्छ ।

सबैभन्दा पहिले त मानसिक समस्याप्रति कोही कतै पनि संवेदनशील नभएको पाइन्छ । यसले यो समस्यालाई झनै मौलाएको देखिन्छ ।

मानसिक स्वास्थ्य समस्या कस्तो छ ?
केन्द्र सरकारले यदाकदा मानसिक स्वास्थ्यका बारेमा न्यून चासो दिने गरेको देखिए पनि प्रदेश सरकार र स्थानीय तहहरू यो विषयमा अनभिज्ञ जस्तै छन् ।

मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको देखिन्छ । विभिन्न सरकारी निकायहरू संवेदनशील नबनिदिएका कारण स्वास्थ्यका जटिल मुद्दाहरू जहिल्यै लुक्ने गरेको बुझाई छ, वरिष्ठ मनोचिकित्सक डाक्टर ऋषभ कोइरालाको ।

‘समाजमा अहिले पनि मान्छे पागल भयो भने मात्रै मानसिक समस्या छ भनेर बुझ्छन्,’ उनले भने, ‘तर सामान्य अवस्थाको मानिस असामान्य भएर आत्महत्या गर्दा वा गर्ने प्रयास गर्दासम्म पनि त्यसलाई गम्भीर ढंगले नहेर्दा समस्या झन् झन् बढ्दो छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो । जसमा व्यक्तिले आफूसँग भएको सामर्थ्यलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्न हुन्छन् ।

मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सु–स्वास्थ्यलाई समेटेको हुन्छ । यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ । त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्य हुने ढंगले प्रकट गर्दछन् ।

मन र समाज बिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुँदैन । यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ । तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हुन्छ । उसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्यक्तिगत भावना विचार, धारणा, बुझाइ आदि पनि हुन्छ ।

यी दुई बिचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुई बिच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ भन्छन् डाक्टर कोइराला ।

‘मानसिक तनावका कारण मानिसलाई थुप्रै रोग लाग्न सक्छन्। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटीको समस्यासँगै निन्द्राको समस्या समेत हुन्छ’ उनले भने, ‘तनावका समयमा मानिसहरूले लागु पदार्थ समेत प्रयोग गर्छन् । अहिलेको ईलोक्ट्रोनिक डिभाईसको धेरै प्रयोग तथा पारिवारिक बेमेल मानसिक समस्याको प्रमुख कारण बनेको छ ।’

मानिसहरूलाई दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ । हातखुट्टा झमझमाउने पोल्ने कहिले यता कहिले यता दुखेजस्तो लाग्ने हुन्छ ।

वर्षेनी विश्वका ८ लाख मानिसको आत्महत्या
विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन् । १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो ।

विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरूमा भएको छ। नेपालमा आत्महत्यासम्बन्धी नियमित तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनले २०१२ मा उमेर अनुसारको आत्महत्याको दर निकालेको थियो ।

नेपाल आत्महत्याबाट मृत्यु हुने देशमा सातौँ स्थानमा रहेको र प्रति एक लाखमा २५९ जना व्यक्तिहरूले आत्महत्या गर्ने देखिएको छ । सन् २००८/०९ मा गरिएको मातृ मृत्यु अध्ययनले प्रजनन उमेर समूहका महिलाको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ । यसले नेपालमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ ।

स्वास्थ्य नीति नाम मात्रै
नेपालमा मानसिक स्वास्थ्य नीति २०५२ सालमा बनेको थियो तर पनि मानसिक स्वास्थ्य कार्यक्रमले नेपालको राष्ट्रिय स्वास्थ्य एजेन्डामा गतिलो प्राथमिकता पाएन ।

स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्य योजनामा मानसिक स्वास्थ्य सम्बन्धी कार्य क्षेत्रहरू तोकिनुको साथै कार्यान्वयनको तहमा ल्याएको छ ।

यसको अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगको रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सि, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निःशुल्क उपचार तथा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको अवस्था छ ।

अहिलेको आवश्यकता
विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तिन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउने छन्। हरेक स्थानीय तहहरूले एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुने छ ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तिन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउने छन्। हरेक स्थानीय तहहरूले एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार, नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ । कोभिडअघि नै मन्त्रालयको तथ्यांकमा २ लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या भेटिने गरेको थियो । कोभिडका दौरान त झन् निश्चय पनि यो संख्या बढेको छ, जसबारे तथ्यांक आइसकेको छैन । कोभिडका बेला उत्पन्न मानसिक समस्या सम्बोधन गर्न सरकारीस्तरबाट उल्लेख्य पहल भएको पाइँदैन । कतिपय मुलुकमा मानसिक स्वास्थ्य समस्या हेर्न स्वास्थ्य मन्त्रालयमा छुट्टै महाशाखा हुन्छन् ।

मानसिक स्वास्थ्यलाई हेर्ने र व्यवहार गर्ने कुरामा स्पष्टता नहुँदा अनेक समस्याहरू देखा परेका छन् । सरकारको मानसिक स्वास्थ्य सम्बन्धी स्पष्ट दृष्टिकोण नभएकाले यसलाई नियमन र व्यवस्थापन गर्ने विषयमा अन्योल छ । हामीसँग मानसिक स्वास्थ्य सम्बन्धी उपयुक्त र यथेष्ट तथ्याङ्क नहुँदा सम्बन्धित विषयमा योजना तर्जुमा गर्न समेत अप्ठेरो परिरहेको अवस्था छ ।

त्यसैले मानसिक स्वास्थ्य क्षेत्रको नियमन र व्यवस्थापनका लागि अविलम्ब उपयुक्त कानुन तथा नीतिगत व्यवस्थाको आवश्यकता छ । धेरै समय र प्रयासपछि तयार गरिएको मानसिक स्वास्थ्य नीति पनि अनुमोदन नभएर अड्किएको छ त्यसलाई तुरुन्तै अनुमोदन गर्नुपर्छ ।

मानसिक स्वास्थ्यका विषयमा सावधानीपूर्वक काम सुरु गर्नुपर्दछ । सबभन्दा पहिला विदेशमा भएका मानिस र तिनका परिवारका सदस्यहरूसँग नियमित तथा निरन्तर संवाद अघि बढाउनु पर्ने देखिन्छ ।

साथै, मानसिक समस्या भई उपचार गराइ रहेका व्यक्तिहरूको विशेष ख्याल राख्नुपर्दछ जसका लागि नियमित अनुगमन र मूल्याङ्कन गर्नुपर्दछ । औषधि प्रयोगका विषयमा विशेष ध्यान दिनुपर्दछ । फलोअप’लाई पनि निरन्तरता दिनुपर्दछ र प्रविधिको सक्दो प्रयोग गर्ने गरी व्यवस्था मिलाउनुपर्दछ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको मदिरा तथा विभिन्न किसिमका लागू पदार्थको प्रयोग नियन्त्रण गर्नुपर्दछ । यसरी दैनिक कार्यतालिका व्यवस्थापन गरेमा स्वस्थ जीवनयापन गर्न सकिन्छ र रोगका प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : ३५ बजे

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा  

काठमाडौं– एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई