कांग्रेस महोत्तरीले ८३ जनाको नाम सिफारिस गर्‍यो « Khabarhub

कांग्रेस महोत्तरीले ८३ जनाको नाम सिफारिस गर्‍यो


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ।सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको काङ्ग्रेस महोत्तरीले जनाएको छ।

सिफारिसमा पर्नेहरुमा क्षेत्र न १ प्रतिनिधिसभाको लागी कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र बिनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गोरकुल कुशाहा, बिष्णु देव यादव र प्रतिमा कोइराला छन्।

प्रदेशको प्रत्यक्षतर्फ क मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र बिनोद बराल सिफारिस भएका छन भने ख मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह र गोरकुल सिंह छन्। गोरकुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएका छ।

त्यसैगरी ख मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र क को समानुपातिक तर्फ शिवनारायण यादव, रुपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको कांग्रेस महोत्तरीले जनाएको छ।

सोमबार वसेको जिल्ला कार्यसमितिको बैठकले वाकी रहेका सवै क्षेत्रको सिफारिस टुंग्याएको छ। निर्णयअनुसार क्षेत्र न २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सरोज कुमार यादव, ओमसंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्र कुमार झा, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ।

प्रदेशसभामा प्रत्यक्षतर्फ क मा नागेस्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिक तर्फ रामछबिला यादव, बिनोद यादव, चण्डेश्वर मन्डल, भरत मण्डल छन। त्यसैगरी ख मा प्रत्यक्षतर्फ मन्जु कुमारी यादव, लक्ष्मण प्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिक तर्फ नागेन्द्र सर्मा, राम कृपाल यादव, उमेश पासवान, श्यामा देवि पासवान सिफारिसमा परेका छन।

क्षेत्र न।३ को प्रतिनिधिसभाको समानुपातिक तर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरङ्ग नेपाली, बैजनाथ मन्डल, रामतेज मिश्र गरी तीन जनाको नाम सिफारिस भएको छ। त्यस्तै प्रदेशसभाको क मा प्रत्यक्षतर्फ रागबेन्द्र झा, डा। गरिव दास ठाकुर, बिनय यादव छन भने समानुपातिक तर्फ नरेन्द्र झा र अनिता सर्मा छन।

ख मा बिर्जु महतो, अशोक साह, दिलिप पाण्डे प्रत्यक्षतर्फ र बलराम सर्मा, घरुव मिश्र, नागेन्द्र यादव, निनु कर्णलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ।

क्षेत्र न।४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ। समानुपातिकतर्फ पनि महेन्द्र कुमार राय नै र संगीता मण्डलको नाम सिफरिस गरिएको काङ्ग्रेस महोत्तरीले जानकारी दियो।

प्रदेशसभाको क मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, ख तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरि ५ जनाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ बिन्देस्वर यादव, डा। अशोक यादव क मा र ख तर्फ ललन कुमार सिंह र लिला कुमारी यादवको नाम सिफारिस भएको छ।

जिल्लाले सिफारिस गरेर पठाएका नामहरुमाथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको काङ्ग्रेस जिल्ला सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : २३ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक