पाल्पा माओवादीद्वारा उम्मेदवार सिफारिस « Khabarhub

पाल्पा माओवादीद्वारा उम्मेदवार सिफारिस


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।

माओवादीले पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ र तुलसा रानालाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘क’ मा कमलराज भट्टराईलाई सर्वसम्मत सिफारिस गरिएको छ भने ‘ख’ मा दिनेश अर्याल र हुमबहादुर सुनारी सिफारिसमा पर्नुभएको छ । क्षेत्र नं २ ‘क’ मा नेत्रप्रसाद पाण्डेयको एकल उम्मेदवारी सिफारिस परेको छ भने ‘ख’ मा वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्युह थापा, पुरन केसी र मेघराज आचार्यलाई सिफारिस गरिएको छ ।

प्रदेशसभा समानुपातिकमा गीता विक, खुमबहादुर विक, जानुका घर्ती, केयरसिङ राना, शान्ता सारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्वर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिसुवा र जगत् सुनारीलाई सिफारिस गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ४१ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा