काठमाडौँ- नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले अवैध लागू औषध खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ ।
ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित ३ जना र २ सय ४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो ।
पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । त्यस्तै काठमाडौँको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए।
उनीहरुलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद रु १० लाख ४० हजार सहित पक्राउ गरिएको खनालले बताए। त्यस्तै ब्युरोले अवैध लागू औषध २ सय ५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए।
ब्युरोले काठमाडौँका विभिन्न स्थानबाट दुई केजी गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
प्रतिक्रिया