इलाम- इलामको रोङ गाउँपालिका-४ भालुझोडामा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान खुलेको छैन। मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया