तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव « Khabarhub

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ । वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधानका लागि आवाज उठाउँदै आएको तर सुनवाइ नभएको गुनासो गरे ।

गाउँपालिको आठवटै वडास्थित स्वास्थ्य केन्द्रमा दैनिक सयभन्दा बढी रुघाखोकी, ज्वरो र पखालाका बिरामी आउने गरेको स्वास्थ्य शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिए । आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले टेण्डर गर्न नसकेर औषधि खरिद गर्न नसकिएको उनले बताए ।

कूल ३५ हजार जनसङ्ख्या रहेको गाउँपालिकाको वडा नम्बर एकको तिलाठी, दुईको लौनिया, तीनको सकरपुरा, चारको कोइलाडी र वडा नम्बर पाँचको कोबर्साइनमा स्वास्थ्य चौकी छ । वडा नम्बर ६ को कोमधेपुरा र वडा नम्बर ७ को मन्सापुरमा आधारभूत स्वास्थ्य केन्द छ भने वडा नम्बर ८ को तोपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : २७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर