तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव « Khabarhub

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ । वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधानका लागि आवाज उठाउँदै आएको तर सुनवाइ नभएको गुनासो गरे ।

गाउँपालिको आठवटै वडास्थित स्वास्थ्य केन्द्रमा दैनिक सयभन्दा बढी रुघाखोकी, ज्वरो र पखालाका बिरामी आउने गरेको स्वास्थ्य शाखाका प्रमुख शैलेश मिश्रले जानकारी दिए । आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले टेण्डर गर्न नसकेर औषधि खरिद गर्न नसकिएको उनले बताए ।

कूल ३५ हजार जनसङ्ख्या रहेको गाउँपालिकाको वडा नम्बर एकको तिलाठी, दुईको लौनिया, तीनको सकरपुरा, चारको कोइलाडी र वडा नम्बर पाँचको कोबर्साइनमा स्वास्थ्य चौकी छ । वडा नम्बर ६ को कोमधेपुरा र वडा नम्बर ७ को मन्सापुरमा आधारभूत स्वास्थ्य केन्द छ भने वडा नम्बर ८ को तोपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : २७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस