बढ्दो प्रदूषणले निम्त्याउँदैछ जटिल स्वास्थ्य समस्या | Khabarhub Khabarhub

बढ्दो प्रदूषणले निम्त्याउँदैछ जटिल स्वास्थ्य समस्या

सामान्य देखिने तर जटिल हुने स्वास्थ्य समस्याको उपचार कसरी गर्ने ?



काठमाडौँ- वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । श्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदूषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल  आस्थमाको समस्या बढेको छ ।

एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेसन गर्नुपर्ने केसहरू हप्तामा ३ देखि ४ वटासम्म आउने गरेको छ । यो गत वर्ष १ देखि २ वटा मात्र हुने गर्दथ्यो । यसले पनि समस्या कति बढेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

किन पलाउँछ नाकमा मासु ?
यो एलर्जीका कारण हुने समस्या हो । धुला, धुवाँ, चिसो कुनै पनि कुराले एलर्जी हुन्छ र दीर्घकालीन रूपमा जाँदा नाकमा मासु पलाउँछ । हामी त्यसलाई चिकित्सकीय भाषामा पोलिप भन्छौँ ।

सुरुको लक्षण भनेको नाक बन्द हुने, सिँगान तथा पानी बग्ने, हाच्छ्युँ बढ्ने र विशेष गरी बेलुकीको समयमा सास फेर्न गाह्रो हुने समस्या हुन्छ । र, नाकमा मासु पलाउन समस्याले कालान्तरमा दम बढ्ने गर्छ ।

अलिकति मिस हुने भनेको स्वाँ–स्वाँ भएपछि एक्सिडेन्टल रूपमा नाकको समस्या भएर आउँदा नाकमा मासु पलाएको भेटिन्छ । यो के हो भने सुरुमा नाकमा मासु पलाएको थियो र त्यसैले नै ब्रोङकल आस्थमाको समस्या ल्याएको हुन्छ ।

तर, मानिसहरु यो स्टेजमा पुगिसकेपछि मात्र डाक्टरहरू कहाँ आइपुग्ने परेको पाइन्छ । पछिल्लो समयमा आम मानिसहरुमा सचेतना बढेको पाइएको छ । नाकमा समस्या देखिएपछि चिकित्सक कहाँ आउन थालेका छन् ।

सामान्य रुघाखोकीमा पनि यही समस्या आउँछ । त्यसैले मानिसहरु सामान्य रुघाखोकी हो भनेर बस्ने पनि गर्छन् । तर, यो समस्या तीन महिनासम्म देखियो भने जाँच गराउनु उपयुक्त हुन्छ ।

नाक, कान, घाँटी विशेषज्ञ कहाँ जानुपर्छ । आवश्यक प¥यो भने डाक्टरले इन्डेसकोपी गराउनुहुन्छ । यसले मासु पलाएको नपलाएको थाहा हुन्छ । त्यसैले समयमै जाँच गराउनु राम्रो हुन्छ ।

वायु प्रदुषणका कारण घाँटीको पनि समस्या बढेको पाइएको छ । जस्तो कि घाँटीमा केही अड्किएको जस्तो हुन्छ । कति पटक विरामीहरुले भनिरहेका हुन्छन् कि डाक्टरसाब मेरो त घाँटीमा रौँ अड्किएको जस्तो छ । त्यो एलर्जीका कारण हो । यसले घाँटीमा फोकाहरू आउँछ । यसले नै मानिसहरूलाई घाँटीमा रौँ वा त्यस्तै केही अड्किएको जस्तो महसुस गराउँछ ।

ध्वनि प्रदूषणका समस्या
अर्को कुरा वायु प्रदूषणको मात्र धेरै कुरा भइरहेको छ । ध्वनि प्रदूषणलाई त्यति महत्त्व दिइएको छैन । तर, यो समस्या पनि देखिएको छ । अहिले पिक आवरमा सहरको मध्य भाग वा जहाँ ट्राफिक जाम हुने ठाउँमा छ भने स्वतः देख्नुहुन्छ कि सवारी साधनले हर्न बजाएर ध्वनि प्रदूषण गराएको छ ।

अर्को कुरा कारखाना कम भएको होला तर, अटो मोबाइलका कारण ध्वनि प्रदूषण बढेको छ । २ वर्ष अगाडि गरिएको एउटा प्रारम्भिक अध्ययनमा पिक आवरमा ६० देखि ७० डेसिमलसम्म प्रदूषण भइरहेको पाइन्छ ।

यसले मानिसहरूमा समस्या देखिन थालेको छ । जस्तो कान कराउने । ध्वनि प्रदूषणका कारण लामो समयसम्म एक्पोजर भएर मानिसहरूमा यो समस्या देखिएको छ ।

अर्को भनेको हेयरिङ लस अर्थात् कम सुन्ने समस्या पनि हामीले पाएका छौँ । यो समस्या सबैभन्दा धेरै ट्राफिक पुलिसमा देखिएको छ । उनीहरू लामो समयसम्म सडकमा खटिन्छन् । यो समस्या सडक आसपासमा पसल गर्नेहरूमा पनि बढेको अनुमान गर्न सकिन्छ । यसले सुन्ने नशा कमजोर गरेको पाइएको छ ।

उपचार कसरी गर्ने ?
यो समस्याको उपचार सम्भव छ । जहाँ नाक, कान र घाँटीका विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ, त्यहाँ उपचार सम्भव हुन्छ । डाइगोनोसिस गर्ने उपकरणहरूको भएको ठाउँमा झन् सहज हुन्छ । अपरेसन गर्नुपर्ने वा औषधि सेवन गर्ने चिकित्सकले हेरेपछि हुन्छ । यो उपचार धेरै महँगो पनि छैन ।

सामान्य मास्कले खासै काम गर्दैन । त्यो आत्मसन्तुष्टि मात्र हो । यदि राम्रो खालको मास्क लगाउने हो भने २५ प्रतिशतसम्म प्रदूषणबाट बचाउन सक्छ । चिकित्सकीय परामर्शका लागि धेरै महँगो पर्दैन । डाइगोनेस्टिक टुलहरु एक्सरे, इन्डेस्कोपी पनि धेरै खर्चिलो होइन । अपरेसनमा भने केही खर्च हुन्छ ।

बच्ने कसरी ?
काठमाडौँमा धेरै मानिसहरू मास्क लगाएर हिँडेको देखिन्छ । धुलो, धुवाबाट बच्न मास्क लगाइएको हो । तर, मास्कको गुणस्तरमा कमै ध्यान दिएको पाइन्छ । ध्वनि प्रदूषणबाट आफ्नो नागरिकलाई कसरी बचाउने भनेर सरकारले नै सोच्नुपर्छ ।

(श्वास प्रश्वास तथा छाती रोग विशेषज्ञ डाक्टर रवि महतसँग गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ११ : २८ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि