विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने  « Khabarhub

विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने 



दोहा – आगामी  २० नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकपको समयमा दोहा कर्नेशमा सवारी साधन चलाउन नपाउने भएका छन् ।

बुधबार कतारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै १ नोभेम्बरदेखि १९ डिसेम्बरसम्म दोहाको कर्नेश सडकमा पैदलयात्रीका लागि मात्र खुल्ला गरिने जनाएको छ ।

सरकारी कर्मचारीहरू २० प्रतिशतले कार्यालय गएर काम गर्ने छन् भने बाँकी ८० प्रतिसतले घरबाटै काम गर्नेछन्। काम गर्ने समय बिहान ७ देखि ११ बजेसम्म हुनेछ ।

सरकारी सञ्चार कार्यालय (जीसीओ) का प्रवक्ता मोहम्मद नुवामी अल हजरीका अनुसार सुरक्षा, सैन्य, स्वास्थ्य र शिक्षा क्षेत्रमा भने यो निर्णय लागू हुने छैन ।

फिफा विश्वकप कतार २०२२ को आयोजना गर्ने देशको तयारीलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो।

निजी कम्पनीहरू भने सामान्य रूपमा सञ्चालन हुन पाउने छन् । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ६ : ४६ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि