विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने  | Khabarhub Khabarhub

विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने 



दोहा – आगामी  २० नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकपको समयमा दोहा कर्नेशमा सवारी साधन चलाउन नपाउने भएका छन् ।

बुधबार कतारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै १ नोभेम्बरदेखि १९ डिसेम्बरसम्म दोहाको कर्नेश सडकमा पैदलयात्रीका लागि मात्र खुल्ला गरिने जनाएको छ ।

सरकारी कर्मचारीहरू २० प्रतिशतले कार्यालय गएर काम गर्ने छन् भने बाँकी ८० प्रतिसतले घरबाटै काम गर्नेछन्। काम गर्ने समय बिहान ७ देखि ११ बजेसम्म हुनेछ ।

सरकारी सञ्चार कार्यालय (जीसीओ) का प्रवक्ता मोहम्मद नुवामी अल हजरीका अनुसार सुरक्षा, सैन्य, स्वास्थ्य र शिक्षा क्षेत्रमा भने यो निर्णय लागू हुने छैन ।

फिफा विश्वकप कतार २०२२ को आयोजना गर्ने देशको तयारीलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो।

निजी कम्पनीहरू भने सामान्य रूपमा सञ्चालन हुन पाउने छन् । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ६ : ४६ बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार