सिराहामा जसपाका नेता कार्यकर्ताको सामूहिक राजीनामा « Khabarhub

सिराहामा जसपाका नेता कार्यकर्ताको सामूहिक राजीनामा


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालका केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।

जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

जसपाले प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरेकाले सामूहिक राजीनामा दिएको केन्द्रीय परिसद सदस्य रामचलितर साहले बताए ।

जसपाका नेताहरूले पार्टीलाई आफ्नै विरासत सम्झिने गरेकोले आफूहरू बाध्य भएर बाहिरिएको उनले सुनाए ।

जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे ।

पार्टीले मुख्य एजेन्डा नै छोडेपछि आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए।

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने तयारी छ। जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रो पटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए।

सिंहलाई मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकट दिने भएकोले जसपा परित्याग गरी एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ७ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार