कसरी जुराइन्छ समुद्री आँधीको नाम ? « Khabarhub

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – समुद्री आँधी। आँधीको नाम सुन्ने बित्तिकै धेरैको कपालको रौँ नै सिरिङ्ग हुन्छ। विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन। विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन्। आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन्।

यसै साता शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीले अमेरिकाको फ्लोरिडा राज्यमामा ठूलो भौतिक क्षति गरेको थियो। आँधीपछिको वर्षाका कारण कैयौँ घरहरू डुबेका थिए।  आँधीका कारण १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका थिए आँधी हरेक क्षेत्रमा आउने गर्छ। आज हामी आँधीको क्षति भन्दा पनि त्यसको नाम कसरी जुराइन्छ भन्ने विषयमा चर्चा गर्न लागिरहेका छौँ।

आँधीको पहिचान, त्यसले पुर्‍याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामकरण गर्ने अभ्यास छ। आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो बनाउने विज्ञहरू बताउँछन्।

यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदै छ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ। सुरुवाती दिनमा आँधीको नाम जथाभाबी राखिन्थ्यो। सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो।

सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो। बिस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्णअनुसार नाम राख्न थाले। जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो। अर्को पटक आउने आँधीलाई बीबाट नामकरण गरियो।

यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन्। र, ती सेन्टर विश्व जलवायु संगठन (डब्लुएमओ ) को अन्तर्राष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन्।

सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो। सामान्यतया आँधीका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ। तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिँदैन। त्यसको सट्टामा अर्को नाम रहन्छ। विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक बैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ।

आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिवियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा ) क्याट्रिना (सन् २००५ मा अमेरिकामा) , मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा ) को नाम सूचीबाट हटाइएको थियो।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ७ : ५५ बजे

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन