चोरी-लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता | Khabarhub Khabarhub

चोरी-लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी – दसैँमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ।

घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार नियमित गस्तीमा खटिएका बाहेक टोल टोलको सुरक्षाका लागि मोबाइल टोली परिचालन गरिएको छ। टोलीले घरमा हुने चोरीबाट बचाउन सक्ने प्रहरीको आँकलन रहेको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको उनले बताए। दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो  संख्यामा प्रहरी परिचालन गरिएको उनको भनाई छ।

त्यसैगरी सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको उनले बताए। ‘जिल्लामा १ हजार बढी अतिरिक्त प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘चोरी हुने डर नमानेर ढुक्कसँग दसैँ मनाउन सबैलाई अनुरोध गरेका छौँ।’

सुदूरपश्चिममा चाडपर्वलाई लक्षित गरेर ४ हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ८ : २५ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो