ङ्यूङने व्रत सम्पन्न « Khabarhub

ङ्यूङने व्रत सम्पन्न


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

रसुवा – धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसङ्गति हटाइ समुन्नत समाज निर्माण गर्न राम्चेका युवाले सुरु गरेको ङ्यूङ्ने (निलाहार) व्रत बुधबार सम्पन्न भएको छ ।

जिल्लामा गठन भएको कालिका डोजो कराँतेका खेलाडीले बडादसैँको अवसर पारेर फूलपातिदेखि विजयादशमीसम्म चार दिने ङ्यूङ्ने व्रत सम्पन्न गरेका हुन् । बुद्ध भगवान्को उपदेशलाई व्यापकरूपले जागरण गराउने, ती उपदेशलाई अनुशरण गर्दै अगाडि बढ्ने, जीवनको उत्तरार्दमा अञ्जानवस गरिएका पापलाई ङ्यूङने व्रतले मोचन गराउने धार्मिक विश्वास छ ।

यस्ता व्रतको प्रभावले कुनै पनि व्यक्तिको भावी दिनमा सोचमा परिवर्तन गराएर नकारात्मक क्रियाकलाप अन्त हुनाका साथै असल समाज निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ ।

कालिका गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका कालिका डोजोका प्रमुख प्रशिक्षक दावा तामाङको अगुवाइमा २१ जनाले पहिलो चरणअन्तर्गत काठमाडौँको बौद्धनाथबाट सुरू गरेका उक्त व्रत दोस्रो चरणमा रसुवाको राम्चे क्षेत्रका गाउँटोलबाटै सुरू गर्ने लक्ष्य राखिएको बताइन्छ ।

ङ्यूङ्ने व्रतले एकआपसमा सद्भाव बढाइ सामाजिक सेवामा योगदान पु्र्रयाउनका साथै एकअर्कामा समन्वय बढाउने कार्यमा मद्दत पु्र्रयाउने उनले बताए । सामाजिक विकासका साथै समाजमा हुने सबै प्रकारका विकृति विसङ्गति अन्त गर्न आफू निरन्तर अगाडि बढ्ने, राम्चेबाट क्रमशः जिल्लाभरमै अभियान जगाउने लक्ष्यका साथ पहिलो चरणमा बौद्धनाथलाई साक्षी राखी काठमाडौँबाट व्रत सुरू गरिएको र स्वदेश तथा विदेशमा रहेएका सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई सुख र शान्ति मिलोस् भन्ने कामनासमेत गरिएको वडाध्यक्ष तामाङको भनाइ थियो।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ९ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका