काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने « Khabarhub

काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने


२० आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्।

१० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेर करिब ११ बजे मात्र अवतरण गरेको थियो।

उनी सवार कतार एअरवेजको ६४८ जहाज मौसमको खराबीका कारण केहीबेर अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को मारेको थियो।

प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाने तयारी गरेको छ। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धान थालिने प्रहरीको भनाइ छ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : ०१ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा