मनाङमा हिमपात , पर्यटकलाई सतर्कता अपनाउन प्रशासनको आग्रह « Khabarhub

मनाङमा हिमपात , पर्यटकलाई सतर्कता अपनाउन प्रशासनको आग्रह


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ । 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ। माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यसवर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो । हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन् । हिउँले वस्ती माथिका डाँडाहरू सेताम्मे भएको छ । 

हिमपातका कारण बिजुली बन्द छ । इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् । मनाङमा गतबर्ष मंसिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो । यसवर्ष २ महिना अघि देखि नै हिमपात भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी वर्षा भएको थियो । वर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायतको उच्च भूभागमा हिमपात भएको छ ।  

उनका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  २ : ४३ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए