कोइराला पक्षको भेला जारी | Khabarhub Khabarhub

कोइराला पक्षको भेला जारी


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला जारी छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरूले बताएका छन् । 

आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेलाहरू गर्दै आएका छन् । तर, पूर्व निर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समुहका शीर्ष नेताहरू भने आइपुगेका छैनन् । दोस्रो तहका नेताहरूले बैठक सञ्चालन गरिरहेका छन । 

समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । संस्थापन पक्षका अनुसार कोइराला समुहका ३० प्रतिशत भन्दा बढीलाई समानुपातिक सुचीमा समावेश गरेको दावी गर्दै आएका छन तर कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समुहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन्। 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ४ : ४४ बजे

महादेवको मूर्ति निर्माणपछि फेरीएको पुम्दिकोट

अन्नपूर्ण– पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा

चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै

काठमाडौँ– लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन

संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

काठमाडौँ– संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा