अमलेखगञ्ज बस दुर्घटना अपडेट : नौ जनाको सनाखत | Khabarhub Khabarhub

अमलेखगञ्ज बस दुर्घटना अपडेट : नौ जनाको सनाखत


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए। मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए । 

बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो । 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ४ : ५२ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव