अमलेखगञ्ज बस दुर्घटना अपडेट : बाह्रको सनाखत « Khabarhub

अमलेखगञ्ज बस दुर्घटना अपडेट : बाह्रको सनाखत


२० आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । ज्यान गुमाउनेमा बाराको कलैया उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका– ५ बस्ने ६३ वर्षीया नन्दकुमारी पुडासैनी र चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने १४ वर्षीय सफल कँडेल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोमबहादुर चौरसिया, सोही स्थान बस्ने ३५ वर्षीया मन्निदेवी चौरसिया, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ७ का ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौँडा-७ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीया नाजलिन खातुन, कलैया–१० का इजाजत अन्सारी र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २८ वर्षीया सुरेश विक रहेका छन् ।

सोही दुर्घटनामा परी खोलढुङ्गा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर–५ बस्ने ५० वर्षीय सन्तोषकुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक स्याङ्जा आदिखोला गाउँपालिका– ६ बस्ने ४० वर्षीय कोदिप्ति नारायण ढकालको भने हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस तीन नम्बर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ६ : ३२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले