हाल्यान्डको पेनाल्टी गोलमा सिटीको जित « Khabarhub

हाल्यान्डको पेनाल्टी गोलमा सिटीको जित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एर्लिङ हाल्यान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई २-१ अन्तरले पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि सिटी दवावमा आएको थियो । फुलहमले पहिलो हाफमै १-१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्डलाई मैदान पठाएका थिए । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले जित दिलाए ।

यसअघि १७औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पायो । सिटी १० खेलाडीमा सिमित भयो । सोहि पेनाल्टीलाई २८औं मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।

जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

राति नै भएका अरु खेलमा एभर्टनलाई लेस्टरले २-० ले, ब्राइटनले उल्भ्सलाई ३-२, लिड्सले बर्नामाउथलाई ४-३ ले पराजित गर्दा नटिंघम फोरेस्टले ब्रेन्फोर्डसँग २-२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०६ बजे

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता

एजेन्सी – भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट