टि–ट्वान्टी विश्वकप : नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हरायो « Khabarhub

टि–ट्वान्टी विश्वकप : नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हरायो


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हराएको छ । आइतवार बिहान भएको खेलमा नेदरल्याण्डले दिएको १ सय ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले भेट्टाउन सकेन ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले ४ विकेटको क्षतिमा १५८ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो ।

यो खेलमा विजयी भएको भए दक्षिण अफ्रिकाले सेमिफाइनल यात्रा तय गर्ने थियो । दक्षिण अफ्रिका पराजित भएसँगै अब भने बंगलादेशलाई हराए पाकिस्तानले आफ्नो भाग्य खोल्न सक्नेछ ।

अर्को खेल बङ्गलादेश र पाकिस्तानबीच आजै बिहान पौने १० बजे हुँदैछ । भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्।

चारमा ३ खेलमा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ।

यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई चार विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १६ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन