टि–ट्वान्टी विश्वकप : नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हरायो | Khabarhub Khabarhub

टि–ट्वान्टी विश्वकप : नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हरायो


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हराएको छ । आइतवार बिहान भएको खेलमा नेदरल्याण्डले दिएको १ सय ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले भेट्टाउन सकेन ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले ४ विकेटको क्षतिमा १५८ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो ।

यो खेलमा विजयी भएको भए दक्षिण अफ्रिकाले सेमिफाइनल यात्रा तय गर्ने थियो । दक्षिण अफ्रिका पराजित भएसँगै अब भने बंगलादेशलाई हराए पाकिस्तानले आफ्नो भाग्य खोल्न सक्नेछ ।

अर्को खेल बङ्गलादेश र पाकिस्तानबीच आजै बिहान पौने १० बजे हुँदैछ । भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्।

चारमा ३ खेलमा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ।

यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई चार विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १६ बजे

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ