सोलुखुम्बुको समृद्धिका लागि मैले चुनाव जित्नुपर्छ : बलबहादुर केसी | Khabarhub Khabarhub

सोलुखुम्बुको समृद्धिका लागि मैले चुनाव जित्नुपर्छ : बलबहादुर केसी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले सोलुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन्।

सोलुखुम्बुमा आयोजित वृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०/४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताए। अबको निर्वाचनमा आफू निर्वाचित हुने र यसपछि सोलुको सडक निर्माणसहितका काम गर्ने वाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको बताए।

सामाजिक एकता बिथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत गराएका उनले आफूलाई केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे।

६ पटक चुनावी प्रतिस्पर्धामा चार पटक निर्वाचित भएको र दुई पटक पराजित भएको स्मरण गर्दै नेता केसीले आफू निर्वाचित हुँदा सोलुको विकास भएको दाबी गरे। ‘मैले ६ पटक चुनाव लडेँ। चार पटक जिताउनु भयो, दुई पटक पराजित भएँ,’ नेता केसीले भने, ‘तपाईंहरुलाई थाहा नै छ, म निर्वाचित हुँदा सोलुको विकास भएको। पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ सिकाएको छ।’

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भन्नुभयो। म पाँच दलको साझा उम्मेदवार हुँ। पाँच दलको सहयोगमा मैले चुनाव जित्छु। यसपछि सोलुको विकासका लागि गर्नुपर्ने बाँकी काम गर्छु।’

विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए। संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे।

यसपटक एमालेका मानवीर राईसँग प्रतिस्पर्धामा रहेका गठबन्धनका उम्मेदवार केसी सोलुको विकास र समृद्धिका लागि आफू निर्वाचित हुनुपर्ने दोहोर्‍याए।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए। सोलुखुम्बुबाट विजयी भएर ह्याट्रिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : ५० बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन