निर्वाचनमा उत्साहित छैनन् तेह्रथुमका मतदाता « Khabarhub

निर्वाचनमा उत्साहित छैनन् तेह्रथुमका मतदाता


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँ गाउँ पुगेका छन्। गाउँमा उम्मेदवार पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन। दलहरुले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता खासै छैन।

जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको सहभागिता कम भएको छ। निर्वाचनका बेला गाउँ आउने जिते पछि नफर्किने गरेको नागरिकहरूको गुनासो छ। ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, चुनावी परिणाम पछि फर्केर हेर्दैनन्,’ लालीगुराँस नगरपालिकाका पञ्चकुमारी लिम्बूले भनिन्।

लिम्बू जस्तै म्याङलुङ नगरपालिकाकी मनमाया मचकोटीलाई पनि उम्मेदवारले नागरिकहरूको समस्या नबुझेको बताइन्। विगतमा उम्मेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नगर्ने र निर्वाचन आउँदा मात्रै गाउँ आउने गरेको उनको गुनासो छ। गाउँ गाउँमा अझै खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पशुपालन व्यवसायमा समस्या भोग्दै आएका छन्। विगतका सरकारले नागरिकहरूको समस्याहरुलाई समाधान गर्न नसक्दा मतदाताहरूलाई निर्वाचनमा उत्साह छैन। दलका नेतृत्व र उम्मेदवार गाउँ गाउँमा पुग्दा आफ्ना समस्याहरु नागरिकहरूले सुनाउने गरेका छन्।

तेह्रथुममा यसपटक नेकपा एमाले र सत्ता गठबन्धन दल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन्। गत निर्वाचनमा वाम गठबन्धनको साथ हुँदा दुवै प्रदेशसभा र प्रतिनिधिसभा एमालेले जितेको थियो। एमाले अहिले आफ्नो विरासत जोगाउने होडमा छ भने सत्ता गठबन्धन यसपटक प्रदेशसभा र प्रतिनिधि सभा जित्ने दाउमा छ।

गठबन्धनले प्रतिनिधिसभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङलाई साझा उम्मेदवारको रुपमा सारेको छ। त्यस्तै प्रदेशसभा क मा नेपाली कांग्रेसका युवा नेता सन्तोष सुब्बा र प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंलाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेले प्रतिनिधिसभामा डा. विजय सुब्बालाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेशसभा क मा किशोरचन्द्र दुलाल र प्रदेशसभा ख मा तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ। २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा ७२ हजार ८९५ कुल मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : १६ बजे

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा