नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा « Khabarhub

नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका  क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ। वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा  सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।

सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार  नयाँ दिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन्। उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार  खोजेका छन्।

नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद  नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सहभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो। ८० प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : २२ बजे

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा