वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने 'स्कीन प्रिक टेष्ट' सुरु | Khabarhub Khabarhub

वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सुरु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवा सुरु गरेको छ । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आइतबार यो सेवा सुरु गरिएको घोषणा गरेका हुन् ।

स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्छ । यो सेवा सञ्चालनमा ल्याउने वीरको नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. अनिता जिसीले एलर्जी के कारणले भयो भन्ने यस परीक्षणबाट थाहा पाइने र त्यसले उपचारमा सजिलो हुने बताइन् ।

स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्छ ।

हाच्छिउँ आउने, नाक चिलाउने, छालामा बिमिरा आउने, नाक बन्द हुने लक्षण एलर्जीको कारणले पनि हुने गर्छ । ‘एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत समस्या हुने भएकाले सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ,’ डा. जिसीले भनिन् ।

उनले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताइन् । उनले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महङ्गो रहेको उल्लेख गरिन । ‘हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

प्रमुख कार्यकारी अधिकारी डा. बस्नेतले आम सर्वसाधारणको सहज पहुँच भएको वीर अस्पतालबाट अति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको बताए । उनले यो सेवा सुरु गर्न अहिले जनशक्ति पर्याप्त रहेको समेत बताए ।

उनले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ५८ बजे

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता

कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै

काठमाडौं– द्विपक्षीय द्वन्द्व समाधानमा मलेशियाको मध्यस्थता स्वीकार गर्न कम्बोडिया र

भूमिसम्बन्धी संशोधन विधेयकबारे उपेन्द्रले भने- सुकुम्वासीको नाममा हुकुम्वासीलाई जग्गा बाँड्ने काम भयो   

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी केही नेपाल

भूमि ऐन संशोधन विधेयकमा जसपाको आपत्ति, दुवै सदनमा १० बुँदे संशोधन प्रस्ताव दर्ता

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले ‘भूमिसम्बन्धी