एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा « Khabarhub

एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी (एपीएफ) क्लब पाचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा एपीएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरूङ तथा अजित भण्डारीले गोल गरेका थिए भने आशिष गुरुङ गोल गर्नबाट चुकेका थिए ।

एपीएफका लागि नवीन लामाले खेलको २३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि खेलको ४० औँ मिनेटमा सहारा क्लबका लागि दीपेश आले मगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल अवधिभर दुई टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

एपीएफका गोलरक्षक राजु नगरकोटी प्लेयर अफ दि म्याच चुनिए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार र ट्रफि हात पारे । कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ०७ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा