भैरहवामा मण्डप बनाउने तीन दलकाे प्रतिबद्धता « Khabarhub

भैरहवामा मण्डप बनाउने तीन दलकाे प्रतिबद्धता


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले, जसपा र राप्रपाका उम्मेदवारहरूले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता जनाएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै उद्योग व्यापार र प्रदर्शनीका लागि भैरहवामा सदैब अप्ठ्यारो आएको हुनाले भैरहवा मण्डपको व्यवस्था गरिने बताएका हुन् ।

राप्रपा, एमाले र जसपाका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले भैरहवामा प्रदर्शनी हुँदै सधैँ भाडामा जग्गा खोज्नुपर्ने समस्या अब हट्ने बताउँदै उद्योगी, व्यापारीका लागि आफ्नो सामान प्रदर्शनी गर्ने उपयुक्त ठाउँको व्यवस्था गरिने बताए ।

हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्धसम्बन्धी अवधारणा, बुटवल बेलहिया ६ लेन सडकमा आवश्यकताअनुसार आकाशे पुल र अण्डर पासको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ४१ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड