भैरहवामा मण्डप बनाउने तीन दलकाे प्रतिबद्धता « Khabarhub

भैरहवामा मण्डप बनाउने तीन दलकाे प्रतिबद्धता


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले, जसपा र राप्रपाका उम्मेदवारहरूले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता जनाएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै उद्योग व्यापार र प्रदर्शनीका लागि भैरहवामा सदैब अप्ठ्यारो आएको हुनाले भैरहवा मण्डपको व्यवस्था गरिने बताएका हुन् ।

राप्रपा, एमाले र जसपाका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले भैरहवामा प्रदर्शनी हुँदै सधैँ भाडामा जग्गा खोज्नुपर्ने समस्या अब हट्ने बताउँदै उद्योगी, व्यापारीका लागि आफ्नो सामान प्रदर्शनी गर्ने उपयुक्त ठाउँको व्यवस्था गरिने बताए ।

हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्धसम्बन्धी अवधारणा, बुटवल बेलहिया ६ लेन सडकमा आवश्यकताअनुसार आकाशे पुल र अण्डर पासको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ४१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १