रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टिमले खेल्ने « Khabarhub

रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टिमले खेल्ने


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२–१२ टिम सहभागी हुने छन् ।

सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज/सिनियर गर्ल्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

सिनियर ब्वाइज÷गर्ल्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी गराइन् ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ । प्रतियोगिताको एक संस्करण २०७२ सालको भूकम्प तथा दुई संकरण कोभिडका कारण सम्भव नभएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : २९ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले