पाकिस्तानमा ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब पाएनन् « Khabarhub

पाकिस्तानमा ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब पाएनन्


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानका ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब प्राप्त नगरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पञ्जाब प्रान्तको मुजफरगढका शिक्षिकालाई दुई वर्षदेखि तलब दिइएको छैन ।

आधारभूत शिक्षा सामुदायिक विद्यालय एवम् राष्ट्रिय मानवविकास आयोगद्वारा सञ्चालित विद्यालयमा कार्यरत महिला शिक्षिकाहरुले तलब नपाएका हुन् । उनीहरुले सरकारले आफूहरुको बेवास्ता गरेको र आफ्नो आर्थिक अवस्था झन झन खराब बन्दै गएको समेत बताएका छन् ।

अनौपचारिक विद्यालयमा अध्यापन गराउँदै आएकी अजरा बिबीले आफूले दुई वर्षदेखि तलब नपाएको बताइन् । उनले स्थानीय पसलबाट उधारोमा सामान किन्ने गरेको बताउँदै तलब नपाउँदै साहुको ऋण समेत तिर्न नसकेको गुनासो गरिन् ।

उनले सरकारी अधिकारीहरुले तलब उपलब्ध गराउने बाचा गरेको भएपनि त्यो बाचा पूरा नगरेको बताइन् । पञ्जाब सरकारले आर्थिक वर्ष २०२१–०२२ का लागि यस्ता अनौपचारिक विद्यालयलाई भनेर १ अर्ब ६१ करोड पाकिस्तानी रुपैयाँ बजेट छुट्याएको जनाइएको छ ।

यद्यपि शिक्षिकाहरुले भने तलब पाएका छैनन् । पञ्जाबमा अनौपचारिक विद्यालयमा ७ हजारभन्दा धेरै महिला शिक्षिका कार्यरत रहेको डनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : २७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज