समानुपातिकको मतगणना आजै सक्ने आयोगको तयारी « Khabarhub

समानुपातिकको मतगणना आजै सक्ने आयोगको तयारी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आजसम्ममा समानुपातिकतर्फको मतगणना सक्ने तयारी गरेको छ। मङ्सिर ४ गते देशभर र स्थागित भएका केही ठाउँमा त्यसको केही दिनमै मतदान भएको थियो।

पुनः मतदान भएको दोलखा र बाजुरामा मतगणना स्थगित भएका कारण गणनामा केही ढिलाइ भए पनि प्रत्यक्ष तर्फको १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातितर्फ नेकपा (एमाले)ले सबैभन्दा धेरै २८ लाख १० हजार ४ सय ४१ मत ल्याएर पहिलो दल बनेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८४ हजार ६ सय ५७ मत पाएको छ। सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६३ हजार ७ सय ६० मत पाएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६ सय ७० मत प्राप्त पाएको छ।

आजसम्म सम्पूर्ण मतगणना सकिएपछि बाँकी प्रक्रिया सुरु गर्ने तयारी आयोगले गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

समानुपातिकतर्फ एमाले पहिलो दल भए पनि प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५७ सिटमा विजयी हुँदै पहिलो दल बनेको छ।
प्रत्यक्षतर्फ एमालेले ४४ सिट जितेको छ भने माओवादी केन्द्रले १८ सिटमा चित्त बुझाउनु परेको छ।

जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७ सिट मा विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ सिट मात्र पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ।

राष्ट्रिय जनमोर्चाले, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीले १–१ सिट जित्दा पाँच जना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्।

प्रत्यक्षतर्फ प्रदेश सभामा कांग्रेसले १ सय ११, एमाले ९१, माओवादी केन्द्र ५३, नेकपा (एकीकृत समाजवादी) १५, जसपा १०, राप्रपा ११, लोसपा ९, नागरिक उन्मुक्ति पार्टी ५, जनमत पार्टी ७, नेमकिपा र हाम्रो पार्टी नेपाल १–१ सिटमा विजयी भएका छन्। प्रदेश सभातर्फ १२ जना स्वतन्त्र उम्मेदवारहरूले जितेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ३४ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा