हरेक उमेर समूहका मानिस तनावमा छन् | Khabarhub Khabarhub

हरेक उमेर समूहका मानिस तनावमा छन्

'अरुसँग सम्बन्ध बिग्रने, एक्लोपनले सताउने धेरै हुन्छ'



व्यस्त दैनिकी, बढ्दो महँगी, सुविधा भोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्वाकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन । जसबाट मानिसहरूमा तनाव सिर्जना भएको छ । तनाव उत्पन्न गराउने तत्वहरुलाई व्यक्तिगत, पारिवारिक, नीतिगत, साङ्गठनिक, सामाजिक, सांस्कृतिक आदिमा वर्गीकरण गर्न सकिन्छ । तनाव के हो ? भनेर हामी सबैले जान्नु निकै आवश्यक रहेको छ किनभने अहिले डिप्रेसनजस्ता जटिल समस्याले धेरैलाई गाँजिसकेको छ । त्यसैले तनावको कारण के हो ? किन भइरहेको छ ? कसरी भइरहेको छ ? यसै विषयमा आधारित भएर मनोविद् डा. करुणा कुँवरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

यो तनावलाई हामीले कसरी बुझ्ने ?
सबै मान्छेले तनावलाई बुझ्नु भएको छ । पछिल्लो समय कोभिडको कारणले बालबालिकाहरूमा स्कुल जान पाएका छैनन् उनीहरूमा त्यसको तनाव छ । किशोर किशोरीहरूमा पनि समयमा पढ्न नपाए पछि के गर्ने भनेर तनाव भएको छ । कोही बाहिर जान सबै भएको तर जान नपाएको कारणले पनि तनावमा रहेका छन् । वयस्कहरूमा पनि लकडाउनको कारणले राम्रोसँग कमाइ नभएको कारणले घर खर्च कसरी चलाउने भनेर तनाव भएको छ । उमेर ७० माथि पुगेको मानिसहरूमा अब को समय कस्तो होला झन् मलाई गार्हाे भएको हो कि भनेर धेरै तनाव लिनु भएको छ । त्यसैले हरेक उमेर समूहका व्यक्तिहरूले तनावको महसुस गर्नु भएको हो ।

सानो उमेरको बालबालिकामा तनाव भएको कसरी थाहा पाउने ?
तनाव भएको मान्छेमा केही काम गर्न मन नलाग्ने, भविष्य प्रतिको चिन्ता हुने,भोक र निन्द्रा नलाग्ने,तौल घटबढ भइरहने हुन्छ । निराशा हुने,केही कुराले रमाइलो नलाग्ने,दैनिक क्रियाकलापहरू पनि गर्न मन नलाग्ने हुन्छ । पहिला मन परेको कुरा पनि गर्न छोड्न मन लाग्ने एकलोपन महसुस हुने हुन्छ ।

तनावलाई बेलैमा पहिचान गर्न सकेनौँ भने पछि कस्तो असर गर्दछ ?
तनाव व्यवस्थापन गर्न धेरै ठुलो कुरा चाहिने हैन। दैनिक जीवनका कार्यहरू गर्नु भएको छ कि छैन त्यो ध्यान दिने, पहिला गर्ने कामहरू गरिरहने, सामाजिक संञ्जालहरु ८ बजेबाट बन्द गर्ने निन्द्रा पुरा गर्ने ८ घण्टा दैनिक रूपमा सुत्ने, स्वस्थ खाना खाने, मन पर्ने मान्छेमा बोल्ने कुराहरू साटासाट गर्ने, बिहानको घाममा हिड्ने,जिउलाई चलायमान गनाउने त्यसो गरेन भने शरीरमा कता कता दुखेको जस्तो हुने ग्याष्ट्रिक हुने हुन्छ । पछि गएर शरीरका भित्री अङ्गमा असर गर्ने हुन्छ । उच्च रक्तचाप हुने, थाइराइड हुने, हृदयघातहरु हुने हुन्छ । र, सामाजिक रूपमा पनि धेरै असर गर्दछ किनभने एक ब्यक्तिला तनाव भयो भने परिवारका अरू ब्यक्तिलाई पनि तनाव हुन्छ । र सम्बन्ध पनि बिग्रिन सक्छ । भावनात्मक र मानसिक रूपमा असर गर्दछ ।

घर परिवारको कस्तो भूमिका हुनु पर्दछ ?
आफैले पहिला त आफूले गरेको व्यवहार कस्तो छ ? र अरूलाई त्यसले कस्तो असर गरेको छ त्यो कुरालाई ध्यानमा राख्नु पर्दछ । सबैसँग समान व्यवहार गर्ने,उच्च रक्तचाप भयो वा कुनै शारीरिक समस्या आएको छ भने त्यो लामो समय सम्म रहन सक्छ त्यसैले हरेक दिन कसै न कसैलाई केही परोपकारी मनले मद्दत गर्दा हुन्छ । जस्तो कसैलाई केही दिएर वा केही मिठो बोल्दा पनि धेरै फाइदा हुन्छ । परिवार भित्र समय बिताउने समय बिताउने गर्दा तनाव कम हुन्छ ।

एउटा मनोविद् भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
तनाव सबैलाई छ हुन्छ भनेर बुझ्नु पर्दछ । त्यसमा कति तनावले कस्तो असर गर्दछ त भनेर थाहा पाउनु पर्दछ । वा कुनै समस्या आयो भने मनोविद्को सल्लाह लिनु होला भन्न चाहन्छु । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ०३ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा