विश्वकपदेखि इरानसम्म 'उमन लाइफ फ्रिडम' को नारा | Khabarhub Khabarhub

विश्वकपदेखि इरानसम्म ‘उमन लाइफ फ्रिडम’ को नारा


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इरान विश्वकप फुटबलबाट बाहिरिएकोमा सरकार विरोधी प्रदर्शनकारीले खुसीयाली मनाए। त्यसै खुसीयाली मनाइरहेका एक युवालाई सुरक्षाकर्मीले गोली प्रहार गरेर मारेको थियो। हिजाब विरोधी आन्दोलन र प्रदर्शनको असर कतारमा जारी विश्वकप फुटबल २०२२ पनि परेको छ। त्यसैको असर स्वरूप अहिले इरान सरकार क्रुद्ध बनेको छ र प्रदर्शनकारीमाथि अझ बढी हिंस्रक भएको छ।

गत साता राति कार बन्दर अञ्जलीमा हर्न बजाएपछि मेहरन समाकलाई गोली प्रहार गरेर मारिएको प्रदर्शनकारीले जनाएका छन्। धेरै इरानीले फुटबल टोलीले इस्लामिक राज्यको मात्र प्रतिनिधित्व गरेका कारण सडकमा उत्रेर विरोध प्रदर्शनलाई साथ दिन आवश्यक रहेको बताएका थिए।

सरकारी सञ्चार माध्यमले भने इरान भित्र र बाहिर नै हिंसात्मक शक्तिले दबाब सिर्जना गरेको कारण टोली अमेरिकासँग पराजित भएको आरोप लगाउन थालेको छ। इङ्गल्यान्डसँग पहिले पराजित भएको खेलमा खेलाडीहरूले प्रदर्शनकारीलाई समर्थन जनाउँदै राष्ट्रिय गान गाएका थिएनन्। उनीहरूले वेल्ससँगको खेलमा राष्ट्रिय गान गाएका थिए। अमेरिकासँग खेलमा राजनीतिक शत्रुता झल्कने गतिविधि गरेका थिए।

प्रदर्शनकारीहरूले सरकारले दिएको अनावश्यक दबाबका कारण टोली पराजित भएको बताउन थालेका छन्। २२ वर्षीया महिला मसाह अमिनीको प्रहरीले गिरफ्तार गरेर हिरासतमा मृत्यु भएपछि इरानमा विरोध प्रदर्शन भइरहेको छ। यो प्रदर्शनले ११ साता पार गरिसकेको छ। त्यसपछि महिलाले हिजाब लगाउनु पर्ने अनिवार्य नियमको विरुद्धमा प्रदर्शन गरिराखेका छन्।

सरकारी अधिकारीले विदेशी शक्तिको आडमा यस किसिमको विरोध प्रदर्शन भइरहेको जनाएको छ। नर्वेबाट सञ्चालित इरान ह्युमन राइट वाचले जनाए अनुसार ६० बाल बच्चासहित चार सय ४८ जनाको ज्यान सरकारले लिइसकेको छ। १८ हजारलाई गिरफ्तार गरिएको छ।

इरानको मानव अधिकारवादी सङ्गठनका अनुसार क्यास्पियन समुद्रको बन्दरगाहमा इरान फुटबल टोलीको हारमा खुसीयाली मनाउन खोज्दा उनलाई गोली प्रहार गरिएको हो।
उनीप्रति सहानुभूति दिँदै धेरै जना चिच्याइरहेको र सरकारको विरोध गरिरहेको दृश्य अहिले सार्वजनिक भएको छ। इरानको उत्तर पश्चिम कुर्दीस क्षेत्रमा पनि खुसीयाली मनाउने क्रम जारी छ। पछिल्लो साता दर्जनौँलाई मारिएको पनि यत्रतत्र देख्न सकिन्छ।

मसाह अमिनीको घर अगाडि नै सयौँ जना आगो बालेर इरान बाहिरिएको खुसी मनाइरहेको दृश्य पनि सामाजिक सञ्जालमा छरपस्ट भएको थियो।

‘उमन लाइफ फ्रिडम’ लेखेको ब्यानर बोकेका मानिसले थुप्रै स्थानमा खुसीयाली मनाइएका छन्। यो प्रदर्शन भने कर्मान्सान र मारभनमा भएको हो। कुर्दीस मानव अधिकारवादी सङ्गठनले दिएको जानकारी अनुसार मारिभन, सानन्धाज, कर्मेनसाह, साक्वीज, इलम र बुकानमा गरेर ३० जना गोली लागेर घाइते भएका छन्।

तेहरानमै सादिक विश्वविद्यालयको कोठा तथा घरबाट बाहिर निस्केर ‘अपमानजनक मृत्यु’ भन्दै ब्यानर लखिएका कागज देखाइएका थिए। इरान र इङ्गल्यान्ड बीचको खेलको दौरान पनि प्रदर्शनकारीले यसै किसिमको विरोध गरेका थिए। मङ्गलबारको खेलको दौरान कतारको अल थमुना रङ्गशालाको छेउमा झडप समेत भएको थियो।

धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि ‘उमन लाइफ फ्रिडम ’लेखिएका ब्यानर सहितको फोटो लिएर हिँडेका थिए। एक महिला आफू माथि आक्रमण हुन सक्ने जोखिम देखेर अर्का एक सञ्चारकर्मीसँग सुरक्षित तवरले बाहिर निकाल्नका लागि अनुरोध गरिरहेकी थिइन्।
एक पर्सिएन युवालाई ‘उमन लाइफ फ्रिडम’ भनेर चिच्याइरहेको समयमा प्रहरीले गिरफ्तार गरेको दृश्य सार्वजनिक भएको थियो। यस विषयमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने कुनै जिम्मेवारीको पहल समेत गरेको छैन। आयोजक राष्ट्रलाई आफ्नो देशको कानुन कार्यान्वयनको अधिकार भएको भन्दै फिफा पनि यस प्रकरणबाट फुत्किरहेको छ।

इरानका सरकार नियन्त्रित सञ्चार माध्यमले भने दोस्रो चरणमा प्रवेश गर्न असफल हुनुका बाबजुद आफ्नो देशको प्रशंसा नै गरेको छ। त्यहाँको परम्परावादी धारको प्रतिनिधित्व गर्ने पत्रिका फर्किङटेघनले ‘हामी इरानी गर्व गर्छौ ’ भनेर लेखेको थियो। रेभुलेसनरी गार्डसँग सम्बन्धित जभान दैनिकले उत्कृष्ट खेल खेल्दै खेल्दे देशका सबैको मन जित्दै एकीकृत गराएको बताएका छन्।

खेल अगाडि नै तासनिन न्युज एजेन्सीले रेभुलेसनरी गार्डले राम्रो व्यवहार नगरेमा परिवारलाई ध्वस्त पार्ने धम्की दिएको समाचार अन्तर्राष्ट्रिय माध्यममा प्रकाशित भएपछि यसमा आपत्ति जनाएको थियो।

यस पटक इरानको टोली धेरै कारणले विवादमा आएको थियो। इङ्गल्यान्डसँगको पहिलो खेलमा इरानी खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेको थियो। सो खेल इङ्गल्यान्ड ६-२ ले जितेको थियो। त्यसै समयमा ‘उमन लाइफ फ्रिडम’ लेखिएको नारा लगाइएको थियो।

इङ्गल्यान्डसँगको खेलको दौरान धेरै दर्शकले ‘अलि करिमी’ लाई सम्झेर चिच्याइ रहेका थिए। महिला अधिकारको पक्षपाती भएका कारण राज्यबाट सताइएका करिमीले अहिले इरानमा जारी प्रदर्शनको पक्षमा आफ्नो मत राखी सकेका छन्। ‘बी सराफ’ भनेर समर्थक चिच्याएका थिए। पर्सिएन भाषाका यसको अर्थ अनादर भन्ने हुन्छ। विरोधीले अहिले इरानका सुरक्षाकर्मीको बारेमा प्रयोग गर्ने शब्द हो यो।

संसारका धेरै देशले राष्ट्रपति इब्राहिम रइसीसँगको भेटमा खेलाडीले प्रदर्शनकारीको पक्षमा प्रष्ट आवाज नराखेको गुनासो समेत राखेका थिए। इरानका मेनेजर कार्लोस क्यरेजले आफ्नो देशमा महिला अधिकारको आवाज उठाउँदै प्रदर्शन गने खेलाडीको हक भएको बताएका छन्।

इङ्गल्यान्डसँगको पहिलो खेलमा ६–२ को हार पछि नै क्युरेजले देशेका राजनीतिक अस्थिरताले टोलीको प्रदर्शन प्रभावित भएको बताएका थिए। अन्तर्राष्ट्रिय निकायले भने इरानी खेलाडीको त्यो निर्णय सही भएको प्रतिक्रिया दिएका थिए। पूर्व इङ्गलीस फुटबल स्टार गेरी लिनेकरले खेलाडीको यो निर्णय नै महिला अधिकारको पक्षमा सशक्त आवाज भएको बताएका थिए।

इरानी खेलाडीको त्यो निर्णय पछि नै धेरै समर्थक इरानको पक्षमा उभिएका थिए। अन्य देशका फुटबल समर्थक समेत इरान इरान भन्दै रङ्गशालामा चिच्याइ रहेका थिए।

इरानी खेलाडीको त्यो अडान वेल्ससँगको दोस्रो खेलमा भने लागु भएन। त्यस खेलमा इरानी खेलाडीले राष्ट्रिय गान गाएका थिए। अन्तिम खेलमा भने इरान र अमेरिकाबीच तनावको अवस्था समेत देखिएको थियो। सो खेलमा बराबरी भएको इरान दोस्रो चरणमा प्रवेश गर्ने अवस्था थियो। १–० को साँघुरो नतिजासहित दोस्रो चरणमा प्रवेश गरेको थियो।

एसियाली राष्ट्र इरानको विश्वकप यात्रा त सकियो। तर, यस यात्रामा थुप्रै प्रश्न उठेका छन्। मानव अधिकारको प्रसङ्ग अरबको अहिलेको सबै भन्दा ठूलो बहस हो।

अमेरिकासँग यो भन्दा अघि इरानको २४ वर्ष अगाडि भेट भएको थियो। त्यसै भेटमा इरान र अमेरिकाले एक अर्कालाई फूलको गुच्छा दिएर स्वागत र समर्थन गरेका थिए। सो खेल इरानले २–१ ले जितेको थियो।

२४ वर्ष अगाडिको लियोनको रङ्गशालाको जस्तो हार्दिकता त्यहाँ थिएन। संसारको भूराजनीति नयाँ ध्रुवमा गएको थियो। अनुदार बादी रइसी शासनको असर फुटबलको दुनियाँमा प्रस्ट देखिएको थियो। साथै आयोजक राष्ट्र आफै मानव अधिकारको सवालमा कमजोर भएपछि यसको प्रभाव अन्य देशमा पर्नु स्वाभाविक नै हो।

८० को दशकमा आयतल्लाह खमिनीको नाममा कठोर शासनले बदनाम इरानको शासन शैली त्यसै स्वरूपमा गई सकेको छ। सायद इरानको उपस्थिति नै यो विश्वकपको खराब पाटाका शृङ्खलाका अर्को पाना बनेर बसेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ११ बजे

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधामन्त्रीको अफर किन गरेको ?

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख

रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छ : नगर प्रमुख कोइराला

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि

प्रतिनिधि सभा बैठक : गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।