‘राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नु हुँदैन’ « Khabarhub

‘राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नु हुँदैन’


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुङलाई पार्टीमा प्रवेश गराएका छन् । पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा भुसालले गुरुङलाई स्वागत गरेका हुन् । 

सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ हाल गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री पनि हुन् । स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा रहेर काम गर्ने गरी प्रवेश गरेको गुरुङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर काम गर्न अझै सहज हुने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ । पार्टीकोमार्गनिर्देशनअनुसार चल्नेछु । उनी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ पनि हुन् ।  

महासचिव भुसालले गुरुङलाई पार्टीमा प्रवेश गर्दै मानिसलाई विगतलाई मात्रै हेरेर मुल्यांकन गर्नु नहुने बताएका छन् । उनको विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नु पर्ने बताए । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ४० बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर