'राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नु हुँदैन' | Khabarhub Khabarhub

‘राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नु हुँदैन’


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुङलाई पार्टीमा प्रवेश गराएका छन् । पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा भुसालले गुरुङलाई स्वागत गरेका हुन् । 

सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ हाल गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री पनि हुन् । स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा रहेर काम गर्ने गरी प्रवेश गरेको गुरुङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर काम गर्न अझै सहज हुने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ । पार्टीकोमार्गनिर्देशनअनुसार चल्नेछु । उनी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ पनि हुन् ।  

महासचिव भुसालले गुरुङलाई पार्टीमा प्रवेश गर्दै मानिसलाई विगतलाई मात्रै हेरेर मुल्यांकन गर्नु नहुने बताएका छन् । उनको विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नु पर्ने बताए । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ४० बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्