निर्वाचन आयोगद्वारा समानुपातिक सिटको कानुन हेरफेर « Khabarhub

निर्वाचन आयोगद्वारा समानुपातिक सिटको कानुन हेरफेर


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । 

संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपमा आएको छ ।
प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ । 

प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो । सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 आयोगले दलहरूलाई सिट बाँडफाँड गरी मंगलबार नै नाम पठाउन दलहरूलाई चिठ्ठी लेख्दैछ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ५७ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको