साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने किशोर पक्राउ « Khabarhub

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने किशोर पक्राउ


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् ।

सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : १४ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका