वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण गर्छ : महासचिव भुसाल « Khabarhub

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण गर्छ : महासचिव भुसाल


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताए । उनले अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रुपान्तरणका लागि योजनाबद्ध रुपमा सशक्त कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे

यसैबीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई औपचारिक समारोहमा पार्टीमा स्वागत गरिएको थियो । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए । उनले पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शप्रति आफ्नो आकर्षण भएकाले उक्त सङ्गठनमा आबद्ध भएर जनसेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

जनताको आर्थिक तथा सामाजिक सेवामा सक्रिय हुन स्वतन्त्र सदस्य एक्लै नभई सङ्गठन वा पार्टीमा आबद्ध भएर जानुपर्ने भएकाले पनि आफू एकीकृत समाजवादी पार्टीमा निःशर्त औपचारिक रुपमा प्रवेश गरेको प्रष्ट पारे ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ३५ बजे

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त