देशभर वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात « Khabarhub

देशभर वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको बताइएको छ । राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार