दक्षिण अफ्रिकासँग भारत पराजित « Khabarhub

दक्षिण अफ्रिकासँग भारत पराजित


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ ।

बिहीबार राती भएको खेलमा दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पारेको हो ।

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा ल्याएको छ ।

दक्षिण अफ्रीकाका कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा भान डेर डुसेनले ४० रन, एडिन मार्क्रमले ३१ रन जोडे।

भारतका मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिएका थिए ।

यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट भारतले जितेको थियो ।

यस्तै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेस्ट वर्षाले प्रभावित भएको छ । सिड्नी रंगशालामा पानी परेपछि आज बिहानबाट सुरु हुनुपर्ने तेस्रो दिनको खेल वर्षाले प्रभावित भएको हो ।

अष्ट्रेलियाले पहिलो पालीमा ८ विकेट गुमाएर ४६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो पाली थाल्दा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । पाँच खेलको एसेस श्रृङ्खला भने अष्ट्रेलियाले यसअघि नै जितिसकेको छ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : १० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली