दक्षिण अफ्रिकासँग भारत पराजित « Khabarhub

दक्षिण अफ्रिकासँग भारत पराजित


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ ।

बिहीबार राती भएको खेलमा दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पारेको हो ।

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा ल्याएको छ ।

दक्षिण अफ्रीकाका कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा भान डेर डुसेनले ४० रन, एडिन मार्क्रमले ३१ रन जोडे।

भारतका मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिएका थिए ।

यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट भारतले जितेको थियो ।

यस्तै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेस्ट वर्षाले प्रभावित भएको छ । सिड्नी रंगशालामा पानी परेपछि आज बिहानबाट सुरु हुनुपर्ने तेस्रो दिनको खेल वर्षाले प्रभावित भएको हो ।

अष्ट्रेलियाले पहिलो पालीमा ८ विकेट गुमाएर ४६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो पाली थाल्दा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । पाँच खेलको एसेस श्रृङ्खला भने अष्ट्रेलियाले यसअघि नै जितिसकेको छ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : १० बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले