युभेन्ट्स र नेपोलीले बराबरी खेल्दै अंक बाँडे « Khabarhub

युभेन्ट्स र नेपोलीले बराबरी खेल्दै अंक बाँडे


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग भएन। बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३-१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : ४० बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा