राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नामावली आज दिउँसो प्रकाशन हुने | Khabarhub Khabarhub

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नामावली आज दिउँसो प्रकाशन हुने


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन पत्र जाँचबुझ गरिसकेर दिउँसो ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

नामावली प्रकाशन भएपछि उम्मेदवारहरुले भोलिसम्म नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि अन्तिम नामावाली पुस २५ गते सार्वजनिक हुने र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ ।

गत मंगलबार राष्ट्रियसभाको १९ रिक्त पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन।

मतदान आगामी माघ १२ गते हुँदैछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : १० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग